
रोहीत बस्नेत
मंसिर ०१ पोखरा : पर्यटकीय नगरी पोखरा महानगरपालिकाको सवै भन्दा बढी कामकाजी वडा , वडा न. ६, जहाँ पर्यटकलाई सेवा र सुविधा दिने साना देखि ठुलो होटल लगायत विभिन्न शंस्थाहरु छन् यस महानगरपलिकाको सवै भन्दा बढी राजश्व शंकलन यही वडाबाट उठ्ने देखिन्छ । तर यहाँका जनप्रतिनिधिमा उत्तरदायित्व कम भएको देखिन्छ ।
मंसिर १ गतेको दिन थियो पोखरा बैदाम, शान्तिपाटनका मोहन सुनार आईतवार लालपुर्जाको चार किल्ला छुट्टाउन वडा कार्यालय पुगे । विहान १० बजे कार्यालय पुगेका सुनार लाई वडाका काार्यालय सहयोगी मंगल जलारीले १२ बजे आउन आग्रह गरे । सुनार १२ बजे कार्यालयमा पुगे । कार्यालयमा कोही कर्मचारी थिएनन् तर कार्यालयमा सेवाग्राहीहरुको भीड मात्रै थियो । अन्य सेवाग्राही पनि आउँदै फर्किदै गरेका थिए । दिउँसो १२ बजेसम्म पनि कार्यालयमा कर्मचारी नआएपछि अन्य सेवाग्राही जस्तै सुनार त्यहाँवाट फर्के । यो त एउटा उदाहरण मात्र हो ।
वडा कार्यालयका कर्मचारी लगायत सम्पूर्ण वडा नं ६ का जनप्रतिनिधि लाई शुक्रवार दिउँसै भ्रमण लिएर गएका वडा अध्यक्ष जगत बहादुर पहारी आइतवार दिउँसो १२ बजे सम्म पनि वडा कार्यालय फर्केका थिएनन् ।
प्राय जसो जता पनि आईताबार सेवाग्राहीको चाप कार्यालय परिसरमा निकै हुने गर्दछ । सेवाग्राहीको आशाविपरीत वडा कार्यालयमा न त वडाध्यक्ष थिए न त सचिव विचारा कार्यालय सहयोगी ले एक्लै के नै गर्ने ?
पोखरामहानगरपालिकाले सेवाग्राही मैत्री सेवा दिएको दाबी गरे पनि नागरिकले वडा कार्यालयमा कर्मचारीका कारण सास्ती खेप्नुपरेको छ । ‘यहाँ कर्मचारी कतिबेला आउँछन् , जान्छन् पत्तै पाईदैन स्थानीयले भने,

जनप्रतिनिधी जिम्मेवारी भएको भए यस्तो दुःख पाउनुपर्ने थिएन फेरी भोट हाल्ने बेला आएको छ यस्तालाई भोट हालेर पापको भारी बोक्नु शिवाय अरु केही नभएको शेवाग्राहीले आक्रोष पोखे ।
यता वडा नं. ६ का वडा अध्यक्ष नेपाली कांग्रेसबाट, निर्वाचित हुन भने अन्य चार जना जनप्रतिनिधिहरु नेपाल कम्युनिष्ट पार्टीबाट जनताले आफ्नो अमुल्य मतदान गराई विजयी गराएका थिए । ति चार जना मध्ये एक जनप्रतिनिधि हरि पहारी हाल अमेरीका भ्रमणमा छन् ।
‘सेवाग्राहीलाई जुनसुकै समयमा पनी सेवा दिन्छौं विकास गछौं जे पनि गछौं तर मलाई मत दिनुहोस भन्दै गाउँ टोल टोल पुगेर हात जोडेका जनप्रतिनिधिहरुका कारण यस्तो सास्ती खेप्नु परेको आउने शेवा ग्राहीको गुनासो छ ।
स्थानीय जनप्रतिनिधि आइसकेपछि सर्वसुलभ तथा छिटो छरितो सेवा सुविधा पाउने आस गरेका नागरिक भने जनप्रतिनिधिको कामप्रति असन्तुष्ट देखिएका छन् । केन्द्रको सिंहदरबार गाउँघरमै पाउने आस गरेका सर्वसाधारण नागरिकलाई भने त्यो आभास हुन सकेको छैन् । केन्द्रको सिंहदरवार गाउँमै आउनु त टाढाको कुरा हो तर पनि वडाको कामकाज समयमा नभएको देख्दा जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान टुक्का मै विकासको बाटो सिमिति रहेको आभास हुन्छ ।
जनप्रतिनिधीहरु जनताको काम प्रति उत्तरदाही बन्न नसक्दा सेवा ग्राहीहरु मर्कामा परेको प्रति अत्यान्तै ध्यान आर्कषण भएको कुरा नागरीक समाज कास्कीका संयोजक विष्णुहरि अधिकारीले गुनासो पोख्नु भयो ।
जमघट गर्नु, मिठो , मसिनो खानु, नाचगान गर्नु जस्तै घुमघाम गर्नु भनेको सबैको अधिकारको कुरा हो तर कार्यालय समयमा उपस्थित हुन नसक्नु कर्मचारीले आफ्नो कामलाई बेवास्था गरेको देखिन्छ । यस कुरामा समयमा सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।
Leave a Reply