
कार्तिक ३० गते :
राष्ट्रिय परोपकार महासंघ नेपाल पोखरा महानगरपालिका वडा नं. ६ बैदाम समितिले नयाँ नेतृत्व चयन गरेको छ । दशौं साधारणसभा तथा पाँचौं अधिवेशनबाट तुलसी दाहाल अध्यक्ष पदमा सर्वसमत चयन भएका छन् । उपाध्यक्ष जुना अधिकारी ,सचिब भिसमा नेपाली ,कोषाध्यक्षमा हरि राज कोईराला , सह सचिब बिनिता अधिकारी बराल सदस्य हरुमा , ढाका बहादुर थापा, कलाबति सापकोटा ,पबित्रा कडेल ,मैना कडेल ,दुर्गाप्रसाद तिमिल्सिना ,रामजि पसाद पहारि ,हरिप्रसाद पहारि चयन भएका छन् ।
पण्डित ठाकुर प्रसाद पराजुलि को प्रमुख आतिथ्यता तथा गिरिराज अधिकारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
जनजनका मनमनमा सेवा गर्ने महान भावनाओतप्रोत गराउन “सेवा नै धर्म हो” भन्ने मुलनारालाई अङ्गिकार गरेर संस्थाका परिकल्पनाकार भागवत भाष्करी गुरुदेव श्री कमलनयन गौतमज्यूको नेतृत्वमा २०६४ पौष २९ देखि क्रियाशिल राष्ट्रिय परोपकार महासंघ, नेपालले हालसम्म आफ्नो सांगठनिक सञ्जाल देशको ४७ जिल्लासम्म विस्तार गरिसकेको छ ।
जनउपयोगी तथा वौद्धिक धर्म संस्कृति अनुकुलका सामाजिक कार्यहरु सहित ७५ जिल्लामा पुग्ने लक्ष्यका साथ अगाडि बढेको छ । सर्वतीर्थकददम्वक गण्डकी प्रस्रवण क्षेत्रलाई विश्वभरिका ॐ कार परिवारको कल्पबासको उपर्युक्त तीर्थभूमिको रुपमा विकास गरे आध्यात्मिक पर्यटनको प्रवर्धन गर्ने महान लक्ष्य प्राप्तिको निमित्ति क्रियाशिल यो विशुद्ध सामाजिक संस्था हो । अँध्यात्मिक व्यक्तित्वको नेतृत्वमा रहेर पनि धार्मिक अतिवाद र अन्धविश्वासको खिलाफ आवाज बलुन्द गर्ने यो संस्था कारण र कार्यको अनुसन्धान गरेर वैदिक विधि र परम्पराको जनोपयोगी तर्क युवापुस्तामा प्रसारण गर्दे वैदिक सनातन धर्मको महानता प्रदर्शन गर्न कटिवद्ध छ ।
हाम्रा सबैपुराण तथा शास्त्रहरुको सार सबैको उपकार शास्त्रधारणको निमिक्त हो, उपदेश अनुकरण गेर प्राकृतिक पद्धतिलाई निरन्तरता दिनको निम्ति हो । तर समय अन्तरालको परिवर्तनमा हाम्रो चलन व्यवहार शास्त्र अनुकुल नभएर स्वार्थमय भएको अनुभुति गरिएको छ। हाम्रो आवश्यकताको फेहरिस्त विदेशस्तरको हुन पुगकोले उक्त आवश्यकता पुरा गर्न प्रकृति र धर्मपरम्परालार्य नै धरौटी राख्नु पुगेका छौं । हाम्रो आवश्यकताको निर्धारण आफ्नै प्राक्रितिक एवं सामाजिक परिवेशमा गर्नु पर्थ्यो तर संचारको गतिले हामीलाई घिसारेर क्षितिजमा पुर्याईदिएको छ । आधुनिक शिक्षा र प्रविधिको नाममा क्षितिज छुने बहानामा हामीले आफ्ना धेरै मौलिकता गुमाई सकेका छौं र हराउने यो क्रम अझै तिब्र छ । शास्त्र अनुकुल समाजकोको चलन व्यवहार व्यवस्थापन गर्न यस संस्थाले देशको विभिन्न जिल्लामा परोपकारका कार्यहरू गर्दे आएको कुरा जनजनमा सर्वविदितै छ ।
परिकल्पनाकार
यस संस्थाका परिकल्पनाकार नेपाल आमाका सुपुत्र, धर्म संस्कृतिका धरोहर, आफ्नो वाल्यावस्थादेखि नै समाज विकासमा होमिनुभएका भागवत मर्मज्ञ, मृदुलभाषी, मिलनसार हामीसबैका आंखाका नानी आदरणीय व्यक्तित्व भागवत भाष्कर गुरुदेव श्री कमलनयन गौतमज्यू हुनुहुन्छ ।
उद्देश्यहरु
संख्यात्मक एवं गणात्मक रुपमा आफू अगाडि हुनपर्छ भन्ने यो संस्थाको मर्म हो । संस्था जन्माउनु मात्र ठूलोका होइन, त्यस संस्था मार्फत गरिने हरेक कार्य नै ठूलो हुनुपर्छ भदै एक्काइसौं सतावब्दीको पुर्वाद्र्धसम्ममा पनि हाम्रो समाज राम्रो समाज बन्न सकेन र सबै समाजका साझा समस्या निरुपणका लागि सामाजिक संस्था मार्फत प्रकृति र हिमाल संंरक्षण लागि कल्पवृक्षरोपण अभियान, गंगा प्रदुषण हटाउनका लागि गंगा स्वच्छता अभियान, गौमाता रक्षाका लागि गौरक्षा अभियान, वृद्धवृद्धाहरुका लागि जेष्ठ नागरिक परोपकार चौतारी अभियान, असहायका लागि बालगृह, वैदिक संस्कृति रक्षका लागि गुरुकुल आश्रम , रोग निवारणका लागि अस्पताल, औषधालय एवं एम्बुलेन्स सेवा, शिक्षाको ज्योति चम्काउनका लागि विद्यालय, महाविद्यालय र विश्वविद्यालयको ज्ञान प्रवाहको लागिपरोकार त्रैमिासक प्रकासन, यात्रुहरुको सेवाका लागि धर्मशाला अन्नदान महादान भन्ने भावलाई जगाउंदै मुठिदान कार्यक्रम, सामाजिक संघ संस्थाको लागि हातेमालो कार्यक्रम, संघ संस्था विकासका लागि महायज्ञ, समग्रतः संस्था संचालन र टेवा पुर्याउनको लागि अक्षयकोषको व्यवस्था, सबैको कल्याणका लागि जनचेतना कार्यक्रम प्रत्येक आजीवन सदस्यबाट भावना जगाई प्राप्त हुने दैनिक एक रुपैया दान अभियान, सेवा नै धर्म हो र उद्देश्य नै सेवा हो भन्ने यस महासंघका उद्देश्य हुन् । यस उद्देश्यमा यहाँहरुको अनवरत उत्साहापुर्ण एवम निस्वार्थ सहभागिताका कारणले नै संस्था सफलताका साथ अघि बढिरहेको छ ।
Leave a Reply