
कार्तिक २३ पोखरा :
पर्यटकीय नगरी पोखरा, अनेकौँ प्राकृतिक आयामहरु बोकेको पर्यटकीय गन्तब्य पोखराका धेरै महिलाहरुले पर्यटन क्षेत्रमा लगानी गरेका छन् र सक्रिय रुपमा व्यवसायमा लागेका छन् ।
पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाहरुले तालवाराही दैनिक सन्ध्याकालिन संगीतमय महाआरती पुजन कार्यमा आर्थिक सहयोग गरेका छन् फेवा तालको किनार बाराहीघाटमा सञ्चालीत संगीतमय आरतीको युगयुगान्त निरन्तरताको कामना गर्दै आफुहरुले सहयोग गरेको महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष जमुना पराजीले बताउनु भयो ।
पर्यटकीय राजधानी तथा सात तालको बगैचा एवंम् श्वेत हिमश्रृखलाको काखमा रहेको सुन्दर नगरी पोखरा तेसमाथी पनि आन्तरीक तथा वाह्य पर्यटकको प्रचुर सम्भावना रहेको स्थान फेवातालको किनारमा धार्मिक तथा संस्कृतिक प्रवद्धनमा टेवा पुग्ने तथा माता तालवाराही देवीको गरिमालाई उच्च राख्ने उदेश्यका साथ दैनिक सन्ध्याकालिन संगीतमय महाआरती पुजन कार्य सञ्चालित २०७५ असौज २४ गते घटस्थापनको दिन बाट शुरु भएको थियो । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी धार्मिक तथा सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गरिएको सङ्गीतमय महाआरती पुजन कार्य शुरु गरिएको हो ।
धर्म संस्कृतिको संरक्षण संगै पोखरामा पर्यटन प्रवद्र्धन गर्न महत्वपुर्ण भुमिका खेलेको महाआरतीको बारेमा मानिसहरुले महाआरतीलाई बुझेर अवलोकन गर्दै आइरहेका छन् ।
Leave a Reply