
कार्तिक १६ पोखरा :
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित हुनु भएको छ ।
रेडियो अन्नपुर्ण पोखराको प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएका श्रेष्ठलाई शनिबार काठमाडौँको राष्ट्रिय नाचघरमा आयोजना भएको ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मान गरिएको हो ।
नेपाली गीत संगीतको क्षेत्रमा लामो समय देखि कलम चलाउँदै यसको उत्थानमा गरेको सहयोगको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजक विन्ध्यवासिनी फाउण्डेसनकि अध्यक्ष लिना रेग्मीले बताउनु भयो। उहाँलाई नगद रु १५,००० सहित सम्मान पत्र प्रदान गरिएको थियो । काठमाडौंमा शनिबार विन्ध्यवासिनी म्यूजीक तथा विन्ध्यवासिनी फाउण्डेसनको आयोजना रहेको विन्ध्यवासिनी म्यूजीक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा सम्मान कार्यक्रमका बिच पत्रकार श्रेष्ठलाई गरिएको हो । श्रेष्ठ विगत २५ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल रहनु भएको छ ।
सोही कार्यक्रममा वरिष्ठ गायक दिपक खरेललाई नगद रु ५०,००१ सहित विन्ध्यवासिनी संगीत साधना सम्मान २०७६ र संगीतकार तथा गायक हरी लम्साललाई नगद रु २५,००० सहित विन्ध्यवासिनी संगीत रत्न सम्मान २०७६ बाट सम्मानित गरिएको थियो ।
विविध सांस्कृतिक तथा साङ्गितिक प्रस्तुतीहरु सहित आयोजना गरिएको कार्यक्रममा ‘विन्ध्यवासिनी म्यूजीक अवार्ड २०७६’का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको थियो । विविध सांस्कृतिक तथा साङ्गितिक प्रस्तुतीहरु सहित आयोजना गरिएको कार्यक्रममा ‘विन्ध्यवासिनी म्यूजीक अवार्ड २०७६’ का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको थियो ।
विन्ध्यवासिनी म्यूजीक अवार्डमा कुल ३१ विधा समावेश गरिएको छ । विन्ध्यवासिनी म्यूजिक अवार्ड मंसिर १४ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने अध्यक्ष लीना शर्मा रेग्मीले बताउनु भयो ।
Leave a Reply