
असोज १०, पोखरा :
विश्व पर्यटन दिवसको अवसरमा पोखरा-६,बैदामका युवाहरुद्धारा पर्यटकीय क्षेत्र लेकसाईड चिनाउने सुचना तथा सांकेतिक होडिङ्ग बोर्ड निमार्ण गरेका छन् ।
वडा प्रहरी कार्यालय बैदामको नजिकै रहेको ठाउँमा आज विश्व पर्यटन दिवसको अवसर पारेर पोखरा महानगरपालिका वडा-६ का वडा अध्यक्ष जगत वहादुर पहारीले उद्घाटन गर्नु भएको थियो ।
उक्त होडिङ्ग वोर्ड उद्घाटन पछि वडा अध्यक्ष जगत वहादुर पहारीले व्यवसायीक विज्ञापन भन्दा पर्यटकीय क्षेत्र चिनाउने सांकेतिक सन्देश मूलक यस्ता होडिङ्गबोर्डलाई प्राथमिता दिन जरुरी छ । विश्व पर्यटन दिवसको अवसर पारेर युवाहरुद्धारा गरिएको यस्ता प्रशंसापूर्ण कार्यलाई सवैले सम्मान गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष एवं सल्लाहकार गोविन्दराज पहारी,टान पोखराका उपाध्यक्ष सुसिल पौडेल, वडा प्रहरी कार्यलय बैदामका ईन्सपेक्टर विजय भण्डारी तथा बुद्धि सागर पुरी लगायतले विश्व पर्यटन दिवसको सम्पूर्ण पर्यटनकर्मीलाइ शुभकामना दीदै सवै पर्यटन व्यावसायी, पोखरामा रहेका पर्यटन सम्बन्धि विभिन्न संघ संस्थाहरु एकजुट भएर पोखरामा भित्रिएको आन्तरीक पर्यटन भ्रमण वर्ष तथा नेपाल भ्रमण बर्ष २०२०लाई आ-आफ्नो ठाउँबाट पर्वद्धन गर्न आग्रह समेत गरेका थिए ।

उक्त कार्यक्रममा पोखरा बैदामका विभिन्न संघ संस्थामा आवद्ध रहेका युवाहरुको समेत सहभागिता थियो भने उक्त सांकेतिक होडिङ्ग बोर्डको परिकल्पना अनिल थापा तथा लव भुजेलेले गर्नु भएको थियो ।
सुचना तथा सांकेतिक होडिङ्गबोर्डलाई टान पोखराले आर्थिक सहयोग गरेको थियो ।
कार्यक्रम युवाकल्वका कुश भुजेले संचालन गर्नुभएको थियो ।

Leave a Reply