
भदौ २८ पोखरा :
पोखरा महानगरपालिका १ केआई सिंह पुल स्थित रहेको पार्कमा घुम्नेक्रममा चिप्लीदा एक भारतीय पर्यटकको मृत्यु भएको छ ।
भारतको महाराष्ट्र मुम्बई घर भएका ७२ बर्षिय प्रभुदास कन्जी महेर अचानक पार्कमा लड्न गएका थिए ।
लडेर बेहोस भएका बेहोस भएका उनको पोखराको फिस्टेल अस्पताल उपचारका लागि ल्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
Leave a Reply