
भाद्र ५ पोखरा ः
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा १४ औं तीज सांस्कृतिक महोत्सव तयारी गरिएको छ ।
सामाजिक विकृति–विसंगति न्यूनीकरण गर्दै नेपाली संस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले तीज गीज महोत्सवलाई निरन्तरता दिइएको आयोजकले जनाएको छ ।
संस्थाका कोषाध्यक्ष उमा रेग्मी भण्डारीले यही भदौ १५ र १६ गते हुने महोत्सवमा तीज गीत प्रतियोगिता एवं अन्तरसामुदायिक भलिबल प्रतियोगिता हुने जानकारी दिइन् ।
तीज गीत प्रतियोगितामा विजयीलाई नगद सहित पुरस्कृत गरिने छ । प्रथम हुनेले २१ हजार, दोस्रो हुनेले १६ हजार, तेस्रो हुनेले ११ हजार, सान्त्वना २ समूहले जनही ४ हजार ५ सय रुपैयाँ पाउनेछन् । यसैगरी, उत्कृष्ट नृत्य र उत्कृष्ट भेषभूषामा जनही २ हजार रुपैयाँ दिइनेछ ।
नियमित रुपमा हुँदैआएको अन्तरसामुदायिक भलिबल प्रतियोगितामा ८ सामुदायिक केन्द्रको सहभागिता रहनेछ ।
Leave a Reply