
साउन ३१ पोखरा :
पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापा सहित तीन जना पक्राउ परेका छन् ।
पोखरामै बस्दै आएका तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन सहयोग र सिफारिस गरेको आरोपमा कास्की प्रहरीले अध्यक्ष रणबहादुर थापा, वडा सदस्य ज्ञानबहादुर थापा र पञ्चिकाधिकारी राजेन्द्र पौडेललाई आज पक्राउ गरेको हो ।
उनीहरूको कसुर प्रमाणीत भए एक वर्ष देखि ५ वर्षसम्मको कैद सजाय वा ५० हजार देखि एक लाख रुपैयाँसम्मको जरिवाना हुने छ । मुद्धाको किसिम हेरेर दुवै सजाय हुने प्रावधान पनि ऐनमा छ ।
तिब्बती शरणार्थीसँग विवाह गरेर गएकी नेपाली नागरिकका सन्तानलाई पोखरा सराङकोट १८ का लेखबहादुर थापाले छोरी बनाएर नागरिकता बनाएको आरोपमा उनीसहित ८ जनालाई कास्की प्रहरीले केहि दिन अघि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । उनीहरु नागरिकता लिन झुटो कागजात तयार पार्ने र उनीहरूलाई सहयोग गर्ने व्यक्ति रहेका छन ।
Leave a Reply