साउन २५ पोखराः
पोखरा लेकसाईड खहरेको डाँडामा रहेको तालवाराही समिधा गुठीको नाममा रहेको ५५ रोपनी जग्गा ३९ वर्षसम्म भोगचलन गर्न पाउनेगरी भाडामा दिने प्रकृया अगाडी बढे पछि स्थानिय जनता लगायत पोखराका पर्यटन व्यवसायीहरु विरोधमा उत्रिने भएका छन् ।
पोखरा —६, खहरे सँग जोडिएको पोखरा १८ मा पर्ने उक्त गुठी जग्गा कित्ता नम्बर ४१९ को ७१ रोपनीमध्ये ५५ रोपनी जग्गा भाडामा दिनका लागि गुठी संस्थानले असार १० र १२ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरेर प्रस्ताव आह्वान गरिसकेको थियो भने ७१ मध्ये १६ रोपनीमा भने वृद्धाश्रम बनाउनका लागि तालबाराही गुठी समितिले तयारी समेत थालेको छ ।

जग्गा तालवाराही गुठी व्यवस्थापन समितिमार्फत संरक्षण हुँदै आएको छ । स्वामित्व भने गुठी संस्थानमा छ । मन्दिरले संरक्षण गरेर राखिएको गुठीको जमिनमा दुःखपाएका वृद्ध वृद्धा, असक्त, असाहाय, सन्त महन्त, योगी सन्यासीका लागि मानव सेवा प्रदान गर्ने उद्देश्यले सहश्रधाम आश्रम निर्माण गर्ने बारे संस्थानसँग मौखिक सहमति भएको अस्थामा जग्गा भाडामा दिने सूचना आएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष प्रेमराज पहारीले जानकारी दिए ।

उक्त जग्गा हत्याएर होटल वा रिसोर्ट निर्माणका लागि कुनै १ समूह आन्तरिक रुपमा लागी परेको र संस्थानले समेत त्यही आसयमा प्रस्ताव आह्वान गरेको स्रोतको दाबी छ ।
तत्कालीन कास्की राज्यका तर्फबाट अक्षता गुठी, पाडा गुठी र समिधा गुठीको व्यवस्था गरिएको समतिले बताएको छ । गुठीमध्ये २०६४ सालमा पोखरा ५ मालेपाटनमा रहेको पाडा गुठीको १८ रोपनी भन्दा बढी जग्गा नेपाल सरकारले तोकेको मूल्यको ३० प्रतिशत रकम गुठी संस्थानको अक्षयकोषमा जम्मा गरी पाडाको नाउमा परिणत भएको छ । मन्दिरको अक्षता गुठीको २३ रोपनी जमिन फेवा फाँटमा रहेको छ ।
सदियौंदेखि तालबाराही मन्दिर व्यवस्थापन समिति मातहत संरक्षणमा रहँदै आएको उक्त जग्गाको संरक्षण स्वामित्व मन्दिरमै हुनुपर्छ भन्ने गुठीयाराहरुको माग थियो । स्वामित्वकै बारेमा गुठीयारा र संस्थानबीचको विवाद ७ महिना अघि सर्वोच्चबाट टुंगिएको छ । गुठी संस्थानकै पक्षमा फैसला भएपछि जग्गा संस्थानको स्वामित्वमा छ ।

संस्थानले जग्गा संरक्षणका लागि तालबाराही मन्दिर व्यवस्थापन समिति अध्यक्ष हिक्मत कुँवरलाई केही समयअघि गुठी समिति बनाई जिम्मेवारी दिएको छ ।
Leave a Reply