
२६ वैशाख, बुटवल । विगत वर्षको तुलनामा सन् २०१६ मा बेलहिया नाकाबाट नेपाल भित्रने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।
यस नाकाबाट स्थलमार्ग भएर सन् २०१६ मा तेस्रो मुलुकका एक लाख ४७ हजार छ सय आठ पर्यटक नेपाल भित्रिएका छन् । यसअघि सन् २०१५ मा बेलहिया हुँदै एक लाख ४१ हजार दुई सय ४२ पर्यटक नेपाल भित्रिएका अध्यागमन कार्यालय भैरहवाले जनाएको छ ।
त्यस्तै गरी थाईलैण्डका पर्यटक २९ हजार सात सय ५१, म्यान्मारका २७ हजार दुई सय ८७, चीनका पाँच हजार १००, दक्षिण कोरियाका चार हजार छ सय एक, भियतनामका तीन हजार आठ सय ४१, अमेरीकाका एक हजार नौ सय ५९, बेलायतका एक हजार पाँच सय एक, अष्ट्रेलियाका एक हजार चार सय १८, नेदरल्यान्डका एक हजार दुई सय २५, मलेसियाका नौ सय ५७, जर्मनीका नौ सय ६९, जापानका नौ सय ९४, स्पेनका नौ सय ३३ पर्यटक नेपाल भित्रिएका थिए ।यस वर्ष गतवर्ष बुकिङ रद्द गरेका पर्यटकसहित अरु पर्यटक थपिएका छन् । खासगरी चिनियाँ पर्यटकलाई जनवरीदेखि नेपाल सरकारले फ्रि भिसा सुविधा दिएका कारण पमर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । बेलहियाहुँदै सन् २०१६ मा सबैभन्दा बढी श्रीलङ्काका ५८ हजार ६१ पर्यटक नेपाल आएका थिए । अघिल्लो वर्ष ४३ हजार दुई सय ५२ श्रीलङ्काका पर्यटक स्थलमार्ग हुँदै नेपाल भित्रिएका थिए ।
सन् २०१६ को मार्चमा सबैभन्दा बढी २४ हजार दुई सय ३६ पर्यटक बेलहिया नाकाहुँदै नेपाल भित्रिएका थिए । सरकारले सार्क मुलुकसहित चिनियाँ पर्यटकका लागि पहिलो पटक नेपाल भ्रमण गर्दा एक महिनाका लागि निःशुल्क प्रवेशाज्ञा दिने गरेको छ ।
Leave a Reply