August 19, 2022

कलम जस्तै देखियो ‘पेनगन’

साउन १ पोखरा :

लागू औषधविरुद्धको अभियानमा जुटेको कास्की प्रहरीले ‘एक लागूऔषध’ कारोवारीसँग कलमजस्तै हतियार भेटेको छ।

‘पेनगन’ देख्दा कलम जस्तै छ । कलमजस्तो भए पनि त्यसमा गोली प्रयोग हुन्छ । कलमजस्तो गनबाट गोली चलाउने हो भने मान्छे ठहरै हुन्छ ।

पोखरा–२४, कास्कीकोट स्थायी घरभई पोखरा– ५, मालेपाटनमा बस्दै आएका सागर रानाभाटको साथबाट पेनगनसहित ठूलो मात्रामा लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले बुधबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए ।
१२ कक्षाका विद्यार्थी समेत रहेका लागु औषत कारोवारी सँग विभिन्न ११ जना व्यक्तिको पासपोर्ट र ७ जना व्यक्तिको नागरिकता पनि बरामद भएको छ ।

कास्की प्रहरी प्रमुख कार्कीले भने हामीले अनुसन्धान थालेका छौँ’ ऊ लागूऔषध कारोवारी मात्रै नभएर अन्य अपराधमा पनि संलग्न हुनसक्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*