
असार २४ पोखरा
पर्यटकीय नगरी लेकसाइडको खहरेमा रहेको अम्रेला क्याफेले आर्थिक बर्ष भित्र कोपिला नेपाललाई सहयोग गर्ने रकम आज एक कार्यक्रम बिच हस्तान्तरण गरेको छ । उक्त रकम क्याफेका संचालक सितामान घिसिङले आज कोपिला नेपालका कार्यकारी निर्देशक विना शिलवाललाई हस्तान्तरण गरेका छन् ।
क्याफेबाट प्राप्त गरेको रकम र हप्तामा हुने सेकेन्ड हेन्ड मार्केटको ५० प्रतिशत गरी आर्थिक बर्ष भित्र १ लाख ३२ हजार रकम उठेको थियो ।

अम्रेला क्याफेको तर्फबाट संचालक सितामान घिसिङ र कोपिला नेपालको तर्फबाट कार्यकारी निर्देशक बिना शिलवालले सहयोग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् रकम बिशेष गरेर किशोरीहरुको शैक्षिक बिकास, स्कुल फि, सशक्तिकरण सम्बन्धि ट्रेनिङ लगायतका बिषयमा रकमको उपयोग गर्ने कोपिला नेपालका कार्यकारी निर्देशक विना शिलवालले बताईन ।
अम्रेला क्याफेका संचालक सितामान घिसिङले आफुले गरेको यो सहयोग निरन्तर चलिरहने प्रतिबद्धता व्यक्त गर्दै विभिन्न नक्कली संस्था बनाएर सहयोग माग्ने प्रविधि बढेको भन्दै यस्ता बिषयप्रति चनाखो रहन आवश्यक रहेको बताउँदै यस संस्थाबाट गरिने हरेक क्रियाकलापले आत्मा सन्तुष्टिको अनुभुति गराउने र सही ठाउँमा सहयोग गर्ने अवसर प्राप्त भएको प्रति खुसी प्रकट गरे ।
सम्झौता–पत्रमा अर्को बर्षको लागि अम्रेला क्याफेले रु ५० हजार कोपिला नेपाललाई डोनेट गर्ने र हप्तामा हुने सेकेन्ड हेन्ड मार्केटको ५० प्रतिशत सहयोग गर्ने अम्रेला क्याफेका संचालक सितामान घिसिङ जानकारी दिए । सहयोगी सिताराम घिसिङ विभिन्न संघ संस्थामा आवद्ध रहनुका साथै अत्यान्तै सहयोगी भावना बोकेका पर्यटन व्यवसायी हुन ।
Leave a Reply