
असार १२ काठमाडौ
परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार सामुदायिक र निजी विद्यालयका गरी कुल ४ लाख ५९ हजार २ सय ७५ जना परीक्षार्थी सहभागी भएका छन्।
दुई जनाको सबै विषय र ४८ जनाको १ विषय रद्द गरी ५० जना विद्यार्थीको परीक्षा रद्द भएको पनिकाले जानकारी दिएको छ।यो वर्ष ४ लाख ७५ हजार विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए।
२०७३ असार १५ मा भएको शिक्षा ऐनको आठौँ संशोधनले कक्षा ९ देखि १२ सम्मको माध्यमिक शिक्षा परीक्षाको व्यवस्थापन गर्न राष्ट्रिय परीक्षा बोर्ड गठन भएको र बोर्डअन्तर्गत रही परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को परीक्षा सञ्चालन र व्यवस्थापनको कार्य गरिरहेको छ।
यस वर्षको एसईई परीक्षा ०७५ चैत १० देखि २१ गतेसम्म सञ्चालन भएको थियो। तर प्रदेश २ मा चैत १३ गते बेलुका प्रश्नपत्र बाहिरिएको थियो। तत्काल बोर्डको बै७क बसी प्रदेश २ को परीक्षा स्थगन गरी चैत २२ देखि प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षा सामग्रीको व्यवस्थापन गरी चैत २९ गते सम्पन्न गरेको थियो।
नतिजा प्रकाशन भएपछि नतिजा चित्त नबुझे सम्बन्धित परीक्षार्थीले पुनर्योग गराउन पाउने पनिकाले जनाएका छन्। यसका लागि ५ सय रुपैयाँ तिरेर आवश्यक विवरणसहित पनिका वा प्रदेशस्थित शिक्षा विकास निर्देशनालय वा जिललामा रहेको शिक्षा विकास तथा इकाइमा १५ दिनभित्र निवेदन दिन पनि पनिकाले आग्रह गरेको छ। त्यसका लागि राष्ट्रिय परीक्षा बोर्ड र पनिकाको वेबसाइटबाट फर्म डाउनलोड गरी भर्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
यस वर्ष ६० वटा कार्यालयमा उत्तरपुस्तिकाको परीक्षण र सम्परीक्षण गरिएको थियो।
Leave a Reply