
असार ११ पोखरा
पर्यटकीय क्षेत्र पोखराको लेकसाइडमा सवारी दुर्घटनाको छ। अर्घाखाँची घर भई भारत बस्दै आएका अजय बरालले चलाएको भारतीय एच आर ०९ एल ००० ९ नम्बर प्लेटको गाडीले तीन वटा मोटरसाइकल, एक स्कुट र एक ट्क्यासीलाई ठक्कर दिदा तीन जना घाइते भएका हुन् । ति मध्ये एक जनाको अवस्था गम्भीर छ भने दुई जना सामान्य घाईते भएका छन् ।

भारतको दिल्लीबाट पोखरा घुम्न आएका चालकले मदिरा सेवन गरी जथाभावी सवारी चलाउदा दुर्घटन भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।
गाडीको ठक्करबाट पोखरा १८ भकुण्डेका ८३ बर्षीय पद्म बहादुर गुरुङ गम्भिर घाइते भएका हुन् । उनको पोखराको मेट्रोसिटी हस्पिटलमा सघन कक्ष ९आइसियू० मा उपचार भैरहेको छ ।

गाडीको ठक्करबाट पोखरा गगनगौडाका पैदलयात्री ५२ बर्षीय मुकुल ढकाल र ग १६ प ९९५९ मोटरसाइकल चालक पोखरा २३ का ३३ बर्षीय इश्वर नेपाली घाइते भएका छन् । उनिहरुको मेट्रो सिटी हस्पिटलमा उपचार भैरहेको छ । गाडी चालक र गाडीलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा छ ।
Leave a Reply