
दारी ग्याङ पोखराका टोलीले शनिवार फेवाताल सरसफाई गरेको छ । फेवातालमा हाल मेसिन मार्फत सरसफाई हुने गरे पनि मेसिन नपुग्ने ठाउँमा दारी ग्याङले सफाई कार्यक्रम गरेको हो ।
कार्यक्रम वडा न ६ का जनप्रतिनिधि हरि पहारीको प्रमुख आतिथ्यतामा राष्ट्रिय गान गाएर तथा दारी ग्याङका संयोजक वसन्त पहारीद्वारा दारी ग्याङकै क्रियाशिल सदस्य महेन्द्र पहारीलाई जलकुम्भी झार प्रदान गरी कार्यक्रमको सुरुवात गरिएको थियो ।
सामाजिक संजालद्वारा स्थापित उक्त समूहले यसअघि पनि अन्य विभिन्न सामाजिक कार्य सँगै फेवातलको जलकुम्भी झार निकाल्ने कार्य गरेको थियो ।
अभियानमा नेपाल स्काउट, वी आर वान, हामी गर्न सक्छौं सहयोगी हातहरू, पहिलो पाइला नेपाल, स्काउट, लियो क्लब अफ पोखरा पिस चौतारी र दारी प्रेमी लगायत विभिन्न सामाजिक संघ संस्थाहरुको पनि सहभागिता थियो ।साथै हल्लनचोक बोर्ट ब्यवसायी समितिले डुंगा तथा लाइफ ज्याकेट प्रदान गरि कार्यक्रमलाई सफल पार्न सहयोग गरेको थियो ।

जलकुम्भी सरसफाईका लागि ल्याईएको मेसिनको उचित प्रयोग गर्नुपर्ने साथै फेवाताललार्ई कुरुप हुनबाट जोगाउने उदेश्यले कार्यक्रम संचालन गरिएको दारी ग्याङ पोखराका संयोजक वसन्त पहारीले जानकारी दिए।कार्यक्रममा क्रियाशिल सदस्य महेन्द्र पहारीले फेवाताल सबैको साझा सम्पत्ती भएको र यसको संरक्षणप्रति सबैको दायित्व रहेको प्रष्ट पारेका छन् साथै जलकुम्भी झारको विषयमा महानगरलाई पनि दवाव दिइरहेको जानकारी उनले दिए ।
दारी ग्याङमा हालसम्म देशैभर गरि १ लाख ४ हजार भन्दा बढि सदस्य आवद्ध छन् ।
Leave a Reply