
रोहीत वस्नेत
असार ३,पोखरा
महिला पर्यटन व्यवसायी मञ्च को जम्बो टोली पोखराको पर्यटन प्रवद्र्धन गर्न तथा भ्रमण बर्ष २०२० सफल बनाउन मित्र राष्ट्रचीन तिर निस्केको छ । भ्रमण टोलीलाई मंगलबार एक कार्यक्रम गरी विदाई गरिएको छ ।
भ्रमणमा निस्केको १९ सदस्यटोलीले १० दिन सम्म चीनका मुख्य शहरहरु Beijing, Shanghai, Guangzhou का विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्नुका साथै पर्यटन सँग सम्बन्धित विभिन्न संघ सस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने छ ।
विदाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भ्रमण टोली लाई विदाई गर्दै भ्रमणको सफलताको कामना गर्दै पहिलो पटक महिला पर्यटन ब्यबसायीहरु छिमेकी देश चीनको भम्रमणमा निस्केको बताउदै लामिछानेले नेपाल सरकार र पर्यटन बोर्डले गर्ने कार्य महिला पर्यटन ब्यबसायीले गरेको भन्दै खुशी ब्यक्त गर्नुभयो । उहाँले पोखराको प्रवद्र्धनका लागि विभिन्न प्रवद्र्धनात्मक सामग्री पनि प्रदान गर्नु भएको थियो ।
गण्डकी प्रदेश भ्रमण वर्षका संयोजक एवं रेडियो गण्डकी पोखरा का अध्यक्ष अग्नि कंडेलले पोखराको पर्यटन क्षेत्र र त्यहाँ रहेका विभिन्न व्यावसायिक संघ संस्थासँग सहकार्य गर्न आग्रह गर्नु भयो । भ्रमण बर्ष २०२० लाई सफल बनाउन सबै लाग्नुपर्ने कडेलले बताउनु भयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले वोटेफले पर्यटन प्रवद्र्धनका क्षेत्रमा पु¥याएको योगदानको प्रसंशा गर्दे चाइनिज पर्यटक पोखरा भित्राउन पोखरेलीहरु लाग्नुपर्ने बताउँदै पोखराको पर्यटन क्षेत्रको सम्पूर्ण जानकारी भएको चाइनिज भषामा वनाइएको व्रोसर प्रदान गर्दै सम्पूर्ण चाइनिजहरुलाई अग्रजी भाषाको ज्ञान अत्यान्तै कम भएको हुँदा यो चाइनिज भाषामा बनाइएको ब्रोसरले पोखराको पर्यटन क्षेत्रमा चाइनिजहरु बृद्धि गर्नमा ठुलो मद्त पुग्ने विश्वास गर्नु भयो ।
महिला पर्यटन व्यवसायी मञ्च WOTEF का अध्यक्ष जमुना पराजुलीले हामीले कुल प्रतिशतको २० प्रतिशत चिनीया पर्यटक नेपालमा भित्राउने ठोकुवा गर्दै प्रवद्र्धनको उद्देश्यले चीन भ्रमणमामा निस्केको बताउनु भयो ।
विदाइ कार्यक्रममा WOTEF का सल्लाहकार देवका पहारीले , भ्रमण टोलीलाइ शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम संयोजक सुशीला सिग्देलले पर्यटन पवद्धनको लागी चिन जान WOTEF ले मात्र आफै चाँजो पाँजो मिलाएको संस्थालाइ सरकारी पक्षले कुनै सहयोग गर्न नखोजेको गुनासो व्यक्त गर्नु भयो । कार्यक्रमको सञ्चालन सचिव उमा भण्डारीले गर्नुभएको थियो ।
Leave a Reply