
असार १ पोखरा :
रोपाई सबैका लागि भन्ने नाराका साथ २०७५ को असार १५ गते पोखरा पर्यटन परिषद् सगँ मिलेर रोपाई महोत्सव गरेको क्लबले यस वर्ष ट्रेल रेस रनिङ्ग क्लब सगँ मिलेर पोखरा २४ पामेमा रोपाई महोत्सव गर्ने भएको छ ।
पोखरा २४ पामे स्थित देबी पुरी, गंगा गिरी र नबराज पराजुलीको करिब ६ रोपनी जग्गामा रोपाई महोत्सव गर्न लागेको फेवा क्लबका अध्यक्ष दिपक पुरीले जानकारी दिए ।
महोत्सवमा स्वदेशी र विदेशीले सहभागीता जनाउने हुनेछन् । पर्यटन र कृषिमा बढावा दिने उद्देश्यले महोत्सव आयोजना गरुएको हो । कार्यक्रममा हल गोरु दौड, असारे गीत प्रतियोगिता, माछा समात्ने प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता, रस्सा कसी प्रतियोगिता, हिलोमा भलिबल प्रतियोगिता हुने छ ।
पामे स्थानीय माछा खानाका लागि प्रख्यात ठाउँ हो । पोखरा लेकसाइडको हल्लनचोक देखि पामेसम्म ७ किलोमिटर दुरीमा पर्दछ ।
Leave a Reply