
असार १ पोखरा:
पर्यटन उद्धोगलाई प्रमुख उद्धोगका रुपमा संस्थागत विकासका लागि सरकारले चालेको नीतीगत कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२०लाई सफल पार्न तथा पर्यटन पर्बद्धन गर्ने उदेश्यले महीला पर्यटन व्यवसायी मञ्च (WOTEF) को एक टोलीले १२ दिने चीन पर्यटन पर्बद्धन भ्रमण (CHINA – PROMOTION TOURS 2019) गर्ने भएको छ ।
जुन १८ देखि २९ सम्म चल्ने उक्त भ्रमण चीनका मुख्य शहरहरु Beijing, Shanghai, Guangzhou का विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्नुका साथै पर्यटन सँग सम्बन्धित विभिन्न संघ सस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने अध्यक्ष जमुना पराजुलीले बताउनु भयो ।
उहाँले अगाडी थप्नु भयो हामीले कुल प्रतिशतको २० प्रतिशत चिनीया पर्यटक नेपालमा भित्राउने उदेश्यका साथ चीन जादै छौं स्थापना कालको छोटो समयमा संस्थागत कामका साथै सामाजिक काम पनि गर्दै आइरहेका छौं पर्यटन प्रवद्र्धनका विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम तथा गतिविधि पनि सञ्चालन गर्दै पनि आइरहेको छौं तर सरकारबाट खासै सहयोग आएको महसुस हामीले गरेका छैनौें । सरकारले यस क्षेत्रमा ध्यान दिनु आवश्यक देखिन्छ ।
गण्डकी प्रदेश सरकारले २०१९ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाइरहेको छ । नेपाल सरकारले पनि २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ । यस्ता कार्यक्रमलाई सफल बनाउनतर्फ सबै लाग्नुपर्छ । भ्रमण वर्ष घोषणा गरेर तथा प्याकेज ल्याएर मात्र हुँदैन । पर्यटकमैत्री वातावरण सृजना हुनुपर्छ । व्यवसायी तथा लगानीकर्तालाई उत्साहको वातावरण तयार गर्नुपर्छ ।
Leave a Reply