
जेष्ठ ३० पाल्पा
तानसेन नगरपालिका र बगनासकालि गाउँपालिकाको सहकार्यमा विमानस्थल निर्माण गर्ने निर्णय गरेको २४ घण्टा नबित्दै विमानस्थलको संभाव्यता अध्यान सुरु गरिएको हो
विहिबार तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही,बगनासकालि गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल,उपाध्यक्ष सरस्वती चिदि, नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरे,नेकपाका नेता राजेन्द्र विश्वकर्मा,कृष्ण भुषाल,स्थानिय,सरोकारवाला सहितको टोलीले विमानस्थलको संभाब्याता अध्यान गरेको हो ।
पाल्पामा विमानस्थल नहुँदा समस्या नै भएकोले विमानस्थलको आवश्यकता पाल्पामा पनि महशुस भएकोले संभाब्यता अध्यान सुरु गरिएको बताए । एक महिना भित्रै प्राविधि मगाएर अध्यान प्रक्रिया सुरु गरिने मेयर शाहीले बताउनुभयो । बुधबार तानसेन नगरपालिकामा बसेको दुवै स्थानिय तहका कार्यपालिका सदस्यहरुको संयुक्त बैठकले विमानस्थल निर्माणको लागि सहकार्य गर्ने लगायतका महत्वपुर्ण निर्णय गरेको थियो ।
Leave a Reply