
रोहीत वस्नेत
२०७४ जेष्ठ २७ जागौ—जागौ—जागौ स्वच्छ, सफा,सुन्दर बैदाम बनाऔं भन्ने मुल नारा बोकी पर्यटनको राजधानी पोखराको लेकसाइडमा वृहत सरसफाइ अभियान सम्पन्न भएको छ ।
बैदामको जरेवरचोक वाट डिहीकोपाटन, हल्लनचोक, सेन्टर प्वाईन्ट, तालबाराहीचोक लगायत पर्यटन स्थलहरुमा पोखरा लेखनाथ महानगरपालिका ६, नं.वडा समितिको कार्यालय तथा सम्पूर्ण राजनितिक दलहरु, टोल विकास वडा समन्वय समिति, महिला समन्वय समिति, वडा नागरीक मञ्च, पोखरा पर्यटन परिषद, नेपाल प्रहरी, बैदाम बासी लगायत सम्पूर्ण संघ संस्थाको पहलमा वृहत सरसफाई अभियान सम्पन्न भएको हो ।
सरसफाई कार्यक्रम समापनमा आफ्नो घर आगन आफैले सफा गरेमात्र टोल, नगर सफा हुने वडा सदस्य श्री हरी पहारीले जानकारी दिनुभयो ।
Leave a Reply