
जेष्ठ १०,पोखरा ।
टान पोखराले अन्नपूर्ण आरोहरण दिवस मनाउने भएको छ । संसारकै जेठो हिमालको नाम पाएको अन्नपूर्ण हिमाल सन् १९५० जुन ३ मा फ्रेन्च नागरिक मौरिस हारर्जोकको टोलिले ८ हजार मिटर भन्दा अग्लो हिमाल चढेका थिए ।

हिमाल आरोहण पश्चात पोखरा र अन्नपूर्ण सेरोफेरोमा पर्यटकको चहलपहल बढेको नेपाललाई विश्व पर्यटन बजारमा चिनाउन एक उत्कृष्ट गन्तव्यको रुपमा चिनिएको अन्नपूर्ण आरोहणको ६९ वर्ष पुरा भएको सन्दर्भमा टान पश्चिमाञ्चल क्षेत्रीय संघले पर्यटन सम्वद्ध संघसंस्था सँग मिलेर यो दिवस मनाउन लागेको टानका अध्यक्ष हरी भूजेलले बताए ।
गण्डकी प्रदेशमा पर्ने अन्नपूर्ण विश्वको १० अग्लो हिमालमा पर्दछ । साहसिक पदयात्राको रुपमा चिनिएको छ । ‘टुरिजम फर टुगेदर’ भन्ने नाराका साथ टानले यस वर्ष पनि पर्यटकीय संघ संस्थाको सहकार्यमा अन्नपूर्ण आरोहण दिवसको पूर्व सन्ध्यामा मादीगाउँपालिकामा रहेको याङ्जाकोट गाउँमा १ रात २ दिनको घरबास कार्यक्रम गर्न लागेको टानका अध्यक्ष हरी भूजेलले बताए ।
जून ३ मा पोखरा आउने फ्रान्सेली पर्यटकहरुलाई निशूल्क वस सेवा तथा पोखरामा खाना र बास समेत व्यवस्था गरेको नाट्टासँग सहकार्यमा पोखरा आउने फ्रान्सेली पर्यटकहरुलाई एक दिन निशुल्क यात्राको व्यवस्था, होटल संघले एक रातको आवास र रेवान पोखराले दिवा खानाको व्यवस्था गरेको छ ।
Leave a Reply