
वैशाख १,पोखरा
मेरो प्यारो अर्घाखाँची मेरो जन्म भूमि आफु जन्मेको ठाउँको माया कसलाइ पो लाग्दैन र ?अर्घाखाँची घर भइ पोखरालाई कर्म थलो बनाएका अर्घाखाँची बासी अर्घाखाँची–पोखरा सम्पर्क समाजको १३ औं साधारणसभा तथा नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान कार्यक्रम, क्यालेन्डर बमोचन तथा विविध साँस्कृती कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर प्रमुख आमन्त्रीत व्यक्तित्व रहेको उक्त कार्यक्रममा अर्घाखाँचीका लगभग सम्पूर्ण माननीयहरुको उपस्थित थियो । प्रमुख आमन्त्रीत व्यक्तित्व गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले हामी जहाँ रहेपनि आफ्नो जन्म भूमिप्र तिको कर्तव्य भुल्न नहुने बताउनु भयो । आफ्नो जन्म भूमिको विकासका लागि जुन ठाउँमा जुन पेशा, व्यवसायमा भएपनि आफ्नो ठाउँबाट जुट्नु पर्ने र सामाजिक भावनाका साथ एक आपसमा सुख, दुःख साटासाट गर्न यस्ता समाज अति नै आवश्यक भएको पोखरामा अर्घाखाँची सम्पर्क समाज एक नमुनाको रुपमा भएको धारणा व्यक्त गर्नु भयो ।
पूर्व उपप्रधान तथा ऊर्जा मन्त्री एवं प्रतिनिधि सभा सदस्य अर्घाखाँचीका टोपबहादुर रायमाझीले नयाँ वर्षले सम्पूर्ण अर्घाखाँची बासी लगायत देशबासीहरुमा नयाँ सोचको विकासका साथै देशलाई अघि बढाउने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । अर्घाखाँचीबासी र अर्घाखाँची जिल्लाको समग्र विकास र समृद्धिका लागि सवै राजनीतिमा फरक फरक आस्था राख्ने भएपनि एकजुट भएर विकासमा लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा अर्घाखाँची पोखरा सम्पर्क समाजका अध्यक्ष लिल बहादुर जि.सी.ले पोखरामा रहेका अर्घाखाँची जिल्ला बासीहरुलाइ जस्तो सुकै अवस्थामा रहे पनि एक जुट भएर समाजमा आवद्ध हुनु पर्ने र आफ्नो जन्म भूमिको विकासको लागी अर्घाखाँची पोखरा सम्पर्क समाजका सम्पूर्ण सदस्यहरु एक जुट भएर अगाडी बढ्ने वताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य जालपा भुसाल,निर्मला क्षेत्री, शीतगंगा नगरपालिका, अर्घाखाँचीका प्रमुख सूर्यप्रसाद अधिकारी, छत्रदेव गाउँपालिका, अर्घाखाँचीका अध्यक्ष लेखनाथ पोखरेल, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले अर्घाखाँचीको बारेमा विभिन्न कुराहरु बोलेको थिए । भने अर्घाखाँची सम्पर्क समाजका निवर्तमान अध्यक्ष कृष्णप्रसाद पाण्डे, सल्लाहकार गुणानिधि पाण्डे, बरिष्ठ सल्लाहकार ज्ञानहरि आचार्यलले बोल्नु भएको थियो ।
अर्घाखाँची सम्पर्क समाजका लिल बहादुर जिसी को अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष चेतनारायण पाण्डेले स्वागत गर्नु भएको भने महासचिव रामप्रसाद पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियोे ।
अर्घाखाँची जिल्लाका कलाकार कृष्ण सापकोटा, मधुसूदन बञ्जाडे र पुरुषोत्तम पौडेलले नृत्य प्रस्तुत गरेका थिए ।
Leave a Reply