
फागुन १ पोखरा
पर्यटकीय राजधानी पोखराको लेखनाथस्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयको ३१औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा ११ र १२ सम्म बहिरा विद्यार्थीलाई पढाउने यो मुलुककै पहिलो विद्यालय हो । विद्यालय सञ्चालनमा आएको तीन दशक पुग्दा लेखनाथस्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयमा यतिबेला पढ्न आउने विद्यार्थी ४६ जिल्लाबाट २ सय ६४ जना पुगेका छन् प्रधानाध्यापक अनिता सिग्देलका अनुसार बाहिरी जिल्लाबाट पनि बहिरा छोराछोरीलाई पढाउन ल्याउने अभिभावक बेला बेलामा सोधपुछका लागी गरेका छन् ।
२२ जना शिक्षक तथा १२ जना कर्मचारी कार्यरत रहेको यो विद्यालयमा छात्रबासको समेत व्यवस्था रहेको र उक्त छात्रबासमा १ सय ९७ जना विद्यार्थी छात्रबासमै बसेर पढ्ने गरेका छन् । विद्यार्थीलाई खाजा, खाना र व्यवस्थापनका लागि राज्यले मासिक ४ हजार रुपैयाँका दरले ११ महिनाको रकम उपलब्ध गराउँदै आएको प्रधानाध्यापक अनिता सिग्देल बताउनु भयो ।
यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले सैद्धान्तिक शिक्षाको अपेक्षा भन्दा पनि व्यावहारिक शिक्षाको आशा गर्छन् हातको इसराबाट विद्यार्थीलाई पढाउँदा निकै सावधानी अपनाउनु पर्ने राज्यले व्यावहारिक शिक्षाको पाठ्यक्रम ल्याउन सके आफूहरू बेरोजगार हुनु नपर्ने बहीरा विधार्थीहरु बताउछन् ।
२०४४ सालदेखि सञ्चालनमा रहेको यो विद्यालय हावापानीले समेत पोखरा उपयुक्त भएकाले उच्च शिक्षासमेत यहाँ नै प्राप्त हुने भएपछि विद्यार्थीको चाप यो विद्यालयमा बढेको देखिन्छ । वार्षिकोत्सवमा सभासद विन्दु कुमार थापा तथा सभासद मिना गुरुङ्गले अपांगता भएका विद्यार्थीलाई राज्यले दक्ष बनाउन शिक्षामा जोड दिइनुपर्ने बताए । कार्यक्रममा विद्यालय लाइ सहयोग गर्ने विभिन्न सहयोगीहरुलाइ सम्मान गरीएको थियो ।
Leave a Reply