
रोहीत वस्नेत
२०७४ जेष्ठ २१ पर्यटकीय नगरी पोखराको पनि पर्यटकीय गन्तब्य लेकसाइड (सिम्पानी) बंगलादी स्थित शिव मन्दिर कैलाश धाम धार्मिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले निमार्ण भएको पवित्र कैलाश धाम विभिन्न कार्यक्रका साथ उद्घाटन भएको छ ।
प्रमुख अतिथि उद्धोग वाणिज्य संघका अध्यक्ष विश्वशंकरको पालिखेले कैलाश धाम उद्घाटन गर्दै पोखरामा घुम्नआउने आन्तरीक तथा बाह्य धार्मिक पर्यटकको संख्या बढाउन यो मन्दिरले विभिन्न भूमिका खेल्ने उनले वताए ।
पाँच रोपनीको क्षेत्रफलमा निमार्ण भएको उक्त मन्दिर करिव २० लाख रुपैया भन्दा बढीको लगानीमा चन्दा संकलन गरी निमार्ण गरीएको कैलास धामका अध्यक्ष टेकनाथ अधिकारील जानकारी दिए ।
लेकसाइडमा रहेका विभिन्न संघ संस्था, आमा समुह लगायत बैदाम बासिको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा पोखरा नगर विकास समितिका अध्यक्ष एवं अग्रज पर्यटन व्यवासायी शुन्दरकुमार श्रेष्ठ, वडा नं ६ का नवनिर्वाचित सदस्य बिष्णु बहादुर भट्टराई कैलाश धामका निमार्ण समितिका सचिव लगायत सदस्यले बोलेका थिए ।
मन्दिरमा उपस्थित श्रद्धालु भक्तजन लगायत बैदाम बासीले भजन कृतनका साथ मन्दिरको परिक्रमा सँगै खहरेचोक,डिहीकोपाटन,हल्लनचोक परिक्रमा गरी कैलाश धाममा पुगेर कार्यक्रम समापन गरएिको थियो ।
Leave a Reply