
माघ ६ पोखरा
लेकसाइड स्थित खहरेबाट दुबैजना ट्याक्सी चढेर अम्बोट जाने क्रममा नगद र कागजपत्र सहितको झोला ट्याक्सीमै छुटाएका कोरियाबाट नेपाल घुम्न आएका बिदेशी नागरिकको नगद, पासपोर्ट र अन्य कागजपत्र सहितको झोला लेकसाइडमा जडान गरेको सिसि क्यामराको सहायताले खोजेर पर्यटकलाई सुम्पिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले बताए ।
ट्याक्सीमा छुटेको सामान ईमान्दारीका साथ प्रहरीलाई वा सम्बन्धित ब्यक्तिलाई बुझाउने प्रवृति नहुदा घुम्न आएको विदेशीले समेत सास्ती भोग्नुपरेको र प्रहरीले उनीहरु ट्याक्सी चढेको स्थान खहरेदेखि झरेको स्थान अम्बोटसम्मको रुटमा सो समयमा गुड्ने सवै ट्याक्सीको सिसि क्यामरा मार्फत विवरण तयारपारी खोजतलास शुरु गर्ने क्रममा सामान सुरक्षित फेला परेको डिएसपी कार्कीले बताए । ग १ ज ३७३३ नम्बरको ट्यासीलाई शंका लागि कार्यालयमा ल्याई शोधपुछ गर्दा सोही ट्याक्सीमा सामान छुटेको खुल्न आएको बताए ।
झोला हराएपछि चिन्ताले ग्रसित उनीहरुले झोला सुरक्षितरुपमा फिर्ता पाएपछि खुसिहुदै आफूहरूले नाइँ भन्दा समेत ५० हजार बराबरको १ थान नाइट भिजन क्यामेरा आफुहरुलाई हस्तान्तण गरेको डिएसपी कार्कीले बताए । कार्कीका अनुसार उक्त क्यामेरा लेकसाइड क्षेत्रमा नै जडान गरिनेछ ।
Leave a Reply