
माघ ६ पोखरा
पोखराका वृत्तचित्र निर्माता तथा कलाकार विष्णु प्रसाद गौतमले निर्माणर निर्देशनमा सगरमाथा आरोहण अभियान केन्द्रित भएर निर्माण गरिएको वृत्तचित्र टु द एभरेस्ट एन्ड वियोन्ड थाइल्यान्डमा सञ्चालन हुने एसियाली लघु चलचित्र प्रतिस्पर्धाको अन्तिम चरणमा छनौट भएको छ ।
उक्त वृत्तचित्र विभिन्न चार चरणको छनौट प्रक्रियापछि अन्तिम १२ मा पर्न सफल भएको हो । लागूपदार्थ प्रयोगकर्ताहरूको एसियाली संजाल एएनपीयूडीले आयोजना गरेको प्रतियोगितामा नेपाललगायत १६ वटा एसियाली मुलुकको सहभागिता उक्त वृत्तचित्र पूर्व राष्ट्रिय फुटवल खेलाडी तथा एचआईभी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा आरोहण अभियानमा केन्द्रित भएको निर्देशक गौतमले जानकारी दिए ।
२०४२ सालको राष्ट्रिय फुटबल टिमका प्रमुख डिफेन्स गोपाल लागूपदार्थ प्रयोगका कारण राष्ट्रिय टिमका साथै लिग गेमवाट समेत निष्कासित भए। त्यसपछि उनी आफ्नै घर पोखरा फर्किए। परिवार, समाज र आफन्त सबैले लागूपदार्थ प्रयोगकर्तालाई तेस्रो दर्जाका रूपमा हेरेपछि उनमा मानसिक समस्या बढ्यो र त्यस क्रममा उनले बजारमा पाइने सबै खालका लागूपदार्थ प्रयोग गरे।
अन्तत: उनी एचआईभीबाट संक्रमित भए २५ वर्षपहिले डक्टरले तीन महिनाभित्र मर्ने भनिएका गोपाल यही आउँदो वैशाखमा सगरमाथा आरोहण गर्ने अभियानमा छन्। यही कथामा वास्तविक दृश्यहरूको समायोजन गरी यो वृत्तचित्र निर्माण गरिएको बताइन्छ।
Leave a Reply