पोखरा-
पोखरा २० जेठ पर्यटकिय नगरी पोखरामा शनिबार अमेरिकी कलाकारहरुले प्रस्तुती गरेका छन। अमेरिका नेपाल बीच दौत्य सम्बन्ध स्थापना भएको ७० औं बर्षगाँठको अवसरमा शनिबार पोखरामा आयोजना भएको नेपाल सांस्कृतिक मेलाको अवसरमा अमेरिकी कलाकारहरुले प्रस्तुती राखेका हुन।
मेलामा अमेरिकी ग्र्यामी पुरस्कारका लागि मनोनित गायक कोकायी तथा हिपहप नर्तक जुनियस ब्रिक हाउस र लोप्रिय नेपाली गायक ईन्दिरा जोसी, सबिन राई, मेन्टल रेडियो, नेपाल हिपहप फाउण्डेसनले समेत प्रस्तुती गरेका हुन ।
पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा आयोजना गरिएको सांस्कृतिक मेलामा चर्चित अमेरिकन कलाकारको प्रस्तुती हेर्न पोखरेलीहरुको भिड लागेको थियो ।

एनसेलसँगको साझेदारीमा नेपाल स्थित अमेरिकन दुतावासले गरेको मेलामा अमेरिकी गायक कोकायी तथा हिपहप नर्तक जुनियस ब्रिक हाउस सहित गायिका ईन्दिरा जोसी, सबिन राई, मेन्टल रेडियो, नेपाल हिपहप फाउण्डेसनले प्रस्तुती राखेका थिए ।
मेलामा प्रत्यक्ष ग्राफिटी (भित्तेलेखन) चित्रकला, साङ्गीतिक प्रस्तुति, ब्रेकडान्स, स्केटबोर्ड स्टन्ट तथा कविता वाचन लगायत पनि समावेश गरिएको थियो ।
कार्यक्रममा उपस्थितका लागि एनसेलको निशुल्क सिमकार्ड समेत वितरण गरिएको थियो । मेलामा सुचना मुलक ५ सहित १३ वटा स्टल थिए । अमेरिकी कला समुदायको उत्कृष्ट प्रस्तुतीलाई विश्वभर आदनप्रदान गर्ने उद्देश्यले आयोजित मेला पोखरामा सफल भएको आयोजकको दावि छ । यसअघि काठमाडौंमा भैसकेको मेला पोखरापछि देशका अन्य दुई स्थानमा गरिने आयोजकले जनाएको छ ।
Leave a Reply