
माघ ६ पोखरा
पोखराका विभिन्न ठाउँमा चोरी गर्दै हिड्ने गिरोहलाई कास्की प्रहरीले प्रक्राउ गरेको छ । शुक्रबार पोखराको पृथ्वीचोकबाट शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चितवन राप्ती नगरपालिका ११ घर भई पोखरा १० घलेचोक बस्ने १९ बर्षिय सुनिल श्रेष्ठ छन् । उनलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा अन्य साथीहरुसँग मिलेर पोखराका विभिन्न चोरी गरेको थप अनुसन्धान खुलेको हो ।
अनुसन्धानका क्रममावाग्लुङ जैमिनी नगरपालिका ९ घर भई पोखरा २५ हेमजा बस्ने २७ बर्षको खुमप्रसाद थापा र पोखरा ९ पृथ्वीचोक बस्ने २३ बर्षका गगन खवास पक्राउ परे । उनीहरुले समूहमा मिलेर चोरी गरेका कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।
उनीहरुको साथबाट भारतीय र कतारियन नोट सहित, विभिन्न कम्पनिको मोबाईल, घडी, क्यामेरा, एसडी कार्ड , सुनौलो रङको धातु १७ टुक्रा, टप , मुन्द्रा , झोला , खुकुरी , फलामको छिनो र एउटा ह्यामर बरामद गरेको छ ।
Leave a Reply