
पुस ११ पोखरा
नेपालको पर्यटकीय राजधानी पोखराको लेकसाइडमा ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने मुल नाराका साथ रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारी हुने लागेको सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
पुष १३ गतेदेखी १७ गतेसम्म अर्थात डिसेम्बर २८ देखी जनवरी १ सम्म हुनलागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरी रेवान पोखराका अध्यक्ष बुधराज भुजेलले जानकारी दिए ।
महोत्सव पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्म करीब साढे तीन किलोमिटर क्षेत्रमा हुनेछ भने सडकमै विभिन्न खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, वाल उद्यानलगायत आकर्षणका रुपमा रहने आयोजकले जानकारी दिए ।
महोत्सवमा देशका सातै प्रदेशका पहिचान झल्कने सांस्कृतिक टोली तथा भारत, पाकिस्तान र चीनको सांस्कृतिक टोलीले पनि प्रस्तुती दिनेछन् भने पर्यटक दौड प्रतियोगिता, डुंगा खियाउने प्रतियोगिता, खुल्ला दौड प्रतियोगिता, रेष्टुरेण्टका कर्मचारीबीच ट्रेरेस प्रतियोगितालगायतका खेलकुदका कार्यक्रम पनि रहेका छन् ।
Leave a Reply