
पौष २ पोखरा:
तनहू कोत्रे घर भई पोखरा -४ गणेशटोल बस्ने ३० बर्षिय अनिल क्षेत्रि ३ सय २४ थान लागूऔषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक सन्तोष सुबेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले क्षेत्रिलाई लागूऔषध आफ्नै कोठाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिए । अनिलको कोठाबाट १ सय ८ थान फेनारागन, १ सय ८ थान बुर्फिनर्फिन र १ सय ८ थान डाईजापाम गरी ३ सय २४ थान लागूऔषध बरामद गरेको उनले बताए ।
पक्राउ परेका अनिलको बिषयमा कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply