
पोखरा ।
फेवातालमा खसेर आईतबार देखि बेपत्ता भएका काठमाडौंका १९ बर्षिय रोजन श्रेष्ठको शब तैरिएको अबस्थामा भेटिएको छ ।
खपौदी नजिक तालमा तैरिरहेको अबस्थामा नेपाल प्रहरी, सशत्र प्रहरी बल तथा नेपाली सेनाको टोलीले फेला पारेको हो । उक्त शब पोस्टम्याटर्मका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानामगरले जानकारी दिए । गत २३ गते आईतबार सिङ्गल प्याडर बोटमा फेवाताल घुम्दै गर्दा सेल्फी खिच्ने क्रममा तालमा खसेका थिए ।
Leave a Reply