
मंसिर ७ पोखरा
विदेशी मुद्राको अवैध रुपमा कारोबार गर्ने एक भारतीय नागरिक सहित दुई जनालाई कास्की प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ गर्नेमा काठमाण्डौ महानगरपालिका ३५ की चन्दा थापा र भारत बम्वई महाराष्ट्रका बिनायक कुमार बाबुलाल शाह रहेका छन् ।
लेकसाइडको स्थित एक होटलबाट वडा प्रहरी कार्यालय वैदामका प्रहरी प्रमुख नवीन कार्कीको कमाण्डमा खटिएको टोलीले अमेरिकी डलर, भारतीय रुपैया, इङ्ग्लयाण्डको पाउण्ड तथा युरो गरी ३१ लाख २८ हजार ७ सय ९ रुपैया बरामद गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए । पक्राउ परेको अभियुक्तलाइ थप अनुसन्धानको लागी राजश्व अनुसन्धान विभाग काठमाण्डौ पठाइएको उनले वताए ।
Leave a Reply