
मंसिर १ पोखरा
साहसिक खेलको राजधानीको रुपमा विकास भएको पोखरामा हट एयर बेलुनको व्यवसायिक उडान सुरु भएको छ । बेलुन नेपाल प्रालिले शनिबारदेखि पोखरामा व्यवसायिक उडान सुरु गरेको हो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवाताल किनारमा बेलुनमा उडेर व्यवसायिक उडानको उद्घाटन गरेका हुन् ।
हाल पोखरामा साहसिक विभिन्न खेल हुँदै आए पनि हट एयर बेलुन साहसिक खेल मध्ये अलि फरक रहेको छ । हट एयर बेलुनले पोखराको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने तथा पर्यटन वर्ष २०२० लाइ थप टेवा पुग्ने विश्वास गरिएको छ ।
कास्कीको माछापुच्र्छे गाउँपालिकाको धम्पुस र पोखरा महानगरपालिकाको लौरुकबाट बिहान सूर्योदय अवलोकन गर्ने गरि एक घण्टा दृश्यावलोकन गराएर उडेको बेलुन पोखराको हेम्जा र मादीखोलाको किनारमा अवतरण गर्नेछ ।
बेलुनमा उडेर दृश्यावलोकन गर्न नेपाली पर्यटकलाई प्रतिव्यक्ति एक घण्टाको ११ हजार रुपैयाँ र विदेशी पर्यटकलाई १ सय ६० डलर लाग्ने । २५ मिनेटको थेथर फ्लाइटको नेपालीलाई ६ हजार र विदेशीलाई ९० डलर लाग्ने । यसैगरी स्पेशल थेथर फ्लाइट २५ मिनेटको नेपालीलाई ३३ सय र विदेशी पर्यटकलाई ४ सय ५० अमेरिकी डलर लाग्ने ।
स्पेशल फ्रिफ्लाइट १ घण्टाको नेपालीलाई ६३ हजार र विदेशीलाई ८ सय ४० डलर लाग्ने छ । बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक प्रबिण महर्जनले जानकारी दिए।
Leave a Reply