
कार्तिक १५ पोखरा
नेपालीहरुको महान पर्व तिहारको अवसरमा देउसी र भैलो लगायतका विभिन्न साँस्कृतिक कार्यक्रमहरु हुने गर्दछन् । यस्ता कार्यक्रमहरु रातको समयमा सञ्चालन गर्दा अवान्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति शुरक्षामा प्रतिकुल असर पुराउन सक्ने हुँदा सुरक्षाको दृष्टिले देउसी भैलो लगायतका सार्वजनिक रुपमा साँस्कृतिक कार्यक्रमहरु बेलुका १०ः०० दश बजे सम्म मात्र गर्न गराउने सम्वन्धित सवैमा जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ ।
Leave a Reply