
कार्तिक १० पाल्पा
समृद्धिका लागि पर्यटन सञ्चार अभियानले एक हजार पर्यटकीय गन्तव्य पहिचान गर्न सुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नेपाल पर्यटन पत्रकार महासंघले गन्तव्य पहिचान कार्य सुरु गरेको हो ।
नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने र एक सय गन्तव्य पत्ता लगाउने लक्ष्य राखेको छ । नेपाल पर्यटन पत्रकार महासंघका अध्यक्ष धनिराम शर्माले महासंघ मार्फत् एक हजार गन्तव्य पहिचान गरेर सरकारलाई बुझाउने अभियान सुरु गरिएको बताए । उनले कर्णाली प्रदेशका साथै अर्घाखाँची जिल्लाबाट अभियानको सुरुवात गरिएको बताए । ‘नेपालमा गत वर्ष ५० लाख आन्तरिक पर्यटक एक ठाउँबाट अर्को ठाउँमा घुम्न निस्किएका थिए । ९ लाख ४० हजार २ सय १८ पर्यटक नेपाल भित्रिएका थिए,’ उनले भने, ‘अतिथि देवो भव सुरु गरिएको छ । भ्रमण वर्ष २०२० मा २०११ को जस्तो अवस्था आउन नदिन सबै सरोकारवालाहरुको ध्यान जान जरुरी छ । त्यसैले सबै प्रदेश तथा जिल्लाबाट पर्यटकीय गन्तव्यहरु पहिचान गर्न लागेका छौं ।’ सन् २०१९ मा १ सय ६० करोड मानिसहरु विश्व भ्रमणमा निस्कँदैछन् । फ्रान्स, संयुक्त राज्य अमेरिका, स्पेन, चीन, इटाली, टर्की, बेलायत, जर्मनीबाट धेरै पर्यटक भ्रमण निस्कने तथा पुग्ने गर्दछन् । पर्यटनमा नेपाल १ सय ८५ देशहरुमा १ सय २४ औं देशमा पर्दछ । अहिलेसम्म नेपाल भित्रने पर्यटकले सरदर ५४ अमेरिकी डलर प्रतिदिन खर्च गर्छ । बढीमा १३ दिन नेपाल बस्न सक्ने अवस्था छ । अब यसलाई बसाई लम्ब्याउने र ६५ डलर प्रतिदिन खर्च गर्न सक्ने गरि विकास हुन आवश्यक रहेको अभियानकर्मीले बताएका छन् ।
नेपाल पर्यटन पत्रकार महासंघका अध्यक्ष धनिराम शर्माले पर्यटन विप्रेषणको विकल्प भएको बताए । उनी भन्छन्, ‘विदेशमा गएर रेमिट्यान्स भित्रिने मानसिकता सरकार सञ्चालनमा रहेकाहरुको छ । यसरी देश समृद्ध बन्न सक्दैन । देशमै पर्यटनको विकासबाट विकास सम्भव हुन्छ ।’ नेपालको प्रदेश नं। ५ मा बुद्धदेखी युद्धसम्मको पर्यटन अभियान सञ्चालन गर्न सकिने पर्यटन साक्षात्कार कार्यक्रममा बताईएको छ । उनीहरुले पर्यटनको प्रशस्तै सम्भावना रहेको प्रदेश तथा जिल्लाका स्थानीय तहहरुले योजनावद्ध रुपमा विकास गर्न नसकिएको गुनासो गरेका हुन् ।
इतिहास विद् निर्मल श्रेष्ठले सबै जिल्ला स्मार्ट सिटी बन्न नसक्ने बताउँदै पाल्पालाई हेरिटेज सिटी बनाउन सकिने बताए । श्रेष्ठले नेपालमा पर्यटनको सम्भावना छ भनेरमात्र विकास हुन नसक्ने बताए । उनी भन्छन्, ‘अब बुद्ध नेपालमा जन्मिएको लेखेर हुने अवस्था छैन, बुद्ध भारतमा जन्मिएको होईन भन्ने भन्न लेख्नु आवश्यक छ ।’ संसार बदलेर होईन बनाएर विकास गर्न सकिने प्रदेश ५ का प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले बताएका छन् । उनले परजिवी सोंचका कारण पर्यटनको प्रशस्त विकास गर्न नसकिएको बताए । इतिहास कतिदिन बेच्ने हो रु अब हाम्रो प्रणाली, सोंच तथा जीवनशैलीमा क्रमभङ्गताको आवश्यकता छ, प्रदेशसभा सदस्य घर्तीले भने । नेपालमा १ सय २० तारे होटलहरु छन् । ९ सय ८५ स्तरीय होटल तथा २ सय ७१ होमस्टे छन् । नेपालमा जम्मा ३२ हजार पर्यटक एक रात बस्न सक्ने क्षमता रहेको छ ।
Leave a Reply