
कात्तिक ७ पोखरा
युवा व्यवसायी सरोज अधिकारीको निधन भएको छ । लेखनाथ उद्योग संघका सदस्य तथा सेती रिभर साइड रिसोर्टका सञ्चालक अधिकारीको मनाङमा लेक लागेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
मनाङको तिलिचो तालसम्म पुग्ने गरी अधिकारी साथीहरुको साथमा त्यसतर्फ गएका थिए । लेकलागेर अप्ठ्यारो भएपछि बुधबार बिहान हेलिकोप्टरबाट मनिपाल अस्पताल ल्याइएको थियो ।
अस्पताल आउनु अगाडि नै उनको निधन भइसकको बताइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोस्टमार्टम गरिएको छ । अधिकारी नेपाली काँग्रेसका युवा नेतासमेत हुन् ।
Leave a Reply