
कात्तिक ६,पोखरा
गण्डकी प्रदेशका युवा पत्रकार सँगठित भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको युवा पत्रकारको भेलाले सुशान्त गाहामगरको संयोजकत्वमा युवा पत्रकार सञ्जाल गठन गरेको हो ।
जसको सह-संयोजकमा एलिजा क्षेत्री, सदस्यहरुमा विनिता सुनार, विजय नेपाली, भीम थापा, सुरेश सुनार, सुरेशराज अधिकारी, तानी थापा, प्रेम थापा, उमा आले, सुशीला क्षेत्री, सुमन गुरुङ, अनिश श्रेष्ठ, सुरक्षा श्रेष्ठ, अर्जुन न्यौपाने र सागर न्यौपाने रहेका छन् । सञ्जालको संस्थापक सल्लाहकारमा उमेश पुन रहेका छन् ।
पत्रकारिता वाहेक समाजसेवामा पनि सक्रिय रुपमा कार्य गर्नको लागि सञ्जाल गठन गरेको संयोजक सुशान्त गाहामगरले जानकारी दिए । मगरका अनुसार सञ्जालले कमल चलाउनका अलावा सामाजिक कार्यमा पनि आफ्नो सहभागीता जनाउने छ ।
Leave a Reply