
पोखरा,२९ असोज ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १ करुवाकी एक अशक्त महिलामाथि सामुहिक बलात्कार भएको छ ।
शुक्रवार राती अन्दाजी एक देखी साढे एक बजेको समयमा घरमा कोही पनि नभएको मौकामा उनीमाथि बलात्कार भएको कास्की प्रहरीको भनाई छ । बलात्कृत महिला बोल्न सक्दीनन् ।
सार्दिखोलाको भराभरीबाट एक घण्टाको दुरीमा रहेको करुवामा मान्छे मरेको ठाउँमा कुर्न गएका दुई युवाले राती उनीमाथि बलात्कार गरेको वताईन्छ ।
शनिबार विहान भराभरीमा चोरी भएको सूचना पाएपछि सार्दिखोला प्रहरीचौकीबाट प्रहरी टोली गाउँपुग्दा प्रहरीलाई देखेपछि स्थानीय महिलाहरुले घटनाबारे जानकारी गराएका थिए ।
त्यसलगत्तै प्रहरीले भराभरीबाट पोखरा आउने गाडीहरु तथा गाउँमा खोजीकार्यलाई तीव वनाएको थियो । घटनामा दुई युवा संलग्न भएको र एक जनालाई शनिवार तथा अर्कालाई आईतवार पर्वतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । घटनाको अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
Leave a Reply