
पर्यटन समाचारदाता
असोज ४ पोखरा : महिला पर्यटन ब्यवसायी मञ्च (WOTEF) को अध्यक्षमा जमुना पराजुली निर्वाचित भएकी छन् मञ्चको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले उनको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
मञ्चको उपाध्यक्षमा पार्वती पाण्डे, सचिव उमा भण्डारी, सह सचिव ममता न्यौपाने, कोषाध्यक्ष कान्ती अधिकारी, सह कोषाध्यक्ष लक्ष्मी लामीछाने र सदस्यहरुमा उमादेवी अधिकारी, बालकुमारी न्यौपाने, मञ्जु कार्की,शारदा भुजेल,माया सुवेदी, रीता रेग्मी पौडेल, भावना रानाभाट,लिलुमाया भण्डारी, मिठुदेवि लामिछाने, सुशिला सिग्देल र सुन्तु पुर्जा छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्मा, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछाने, पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई, पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष गोर्कण कार्की, नेपाल टुरिज्म बोर्ड पूर्वसदस्य अग्नि कडेल,गैसस महासंघ कास्कीका अध्यक्ष पदम पहारी, राष्ट्रिय पर्यटन ब्यवसायि संगठनका अध्यक्ष गोविन्द पहारी, सामुदायिक प्रहरी सेवा केन्द्रका मिना भट्टराई, सामाजिक अभियन्ता रामबहादुर पौडेल लगायतले पर्यटन प्रर्वद्धनमा पर्यटन महिलाको भूमिका विषयमा आ आफ्नो धाराण राखेका थिए ।
Leave a Reply