
भदौ २३ पोखरा: नुवाकोटका मैलुङपाखामा हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको छ । एक यात्रुको भने जिवितै जिवितै गरिएको छ ।
गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर ९ एन-एएलएस नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सङचेत मैलुङपाखामा दुर्घटना भएको हो ।
सम्पर्कविहीन हेलिकोप्टर खोजीका क्रममा मैलुङपाखाको घनाजंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।
दुर्घटनामा पाइलट निश्चल केसीका साथै यात्रीहरु डिल्लीबहादुर गुरुङ, छिरी शेर्पा, सुनिल लामा, छेवाङ नोर्वु लामा र जापानी नागरिक हिरोमी कोमात्सुको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
हेलिकोप्टरमा सवार आनी डोल्माको जीवितै उद्दार गरिएको छ । दुर्घटनापछि आनीले फोन गरेर आफू सकुशल रहेको बताएकी थिइन् । त्यसआधारमा हेलिकोप्टर दुर्घटना स्थल लोकेट भएको थियो ।
उनलाई हेलिकोप्टरबाट मेडीसिटी अस्पताल ल्याएर उपचार भइरहेको छ । मौसमका कारण मृतकका शव ल्याउन कठिनाई भइरहेको प्राधिकरणले जनाएको छ ।
Leave a Reply