
भाद्र २१ पोखरा: इण्डानेशियामा हालै सम्पन्न एसियाली खेलकूद प्रतियोगिताको प्याराग्लाइडिङ खेलमा पोखराका पाँचजना खेलाडीले नेपाललाई रजत पदक दिलाउन सफल भएका छन् ति पोखराका पाँचजना खेलाडीसहित तीन प्रशिक्षकलाई गण्डकी प्रदेशले नगद पुरस्कार सहित सम्मान गर्ने भएको छ ।
प्रत्येक खेलाडीलाई रु एक (एक लाख र प्रशिक्षकलाई रु २५–२५ हजार पुरस्कार स्वरुप प्रदान गरिने गण्डकी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पारीत गरेको पूर्वाधार विकासमन्त्री एवम् सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
पुरस्कृत हुने खेलाडीमा बिमल अधिकारी, युकेश गुरुङ विजय गौतम, सुशील गुरुङ र विशाल थापा छन् भने प्रशिक्षक योगश भट्टराई, सानोबाबु सुनुवार र सहप्रशिक्षक शैलेन्द्र राउत रहेका छन् ।
साथै सोही बैठकले सरकारको कार्यक्रम र जनताको सुझावलाई मध्यनजर गर्दै ‘हेल्लो मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन निर्देशिका स्वीकृत गर्ने साथै कर्मचारी तथा भौतिक पूर्वाधार व्यवस्थापनमा सरकार गम्भीर रहेको प्रवक्ता बस्नेतले जानकारी दिए ।
Leave a Reply