
कास्की :
भाद्र ९, पोखरा :सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथले आज पोखरा लेखनाथ महानगरपलिका २६ सुन्दरी बजारमा महिला हिंसा सम्बन्धी प्रशिक्षण एवं तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । दिनप्रतीदिन बढिरहेका महिला हिंसा सम्बन्धिका घटनाहरुलाई मध्येनजर राख्दै प्रशिक्षण प्रदान गरी त्यस्ता घटनाहरुप्रती महिलालाई सचेत गर्न उक्त प्रशिक्षण प्रदान गरिएको हो ।
प्रशिक्षणमा सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका प्रहरी ईन्चार्ज प्रहरी नायव निरीक्षक टंक प्रसाद पौडेलले महिलामाथि हुने हिंसाहरुको प्रकार ,यसबाट बच्ने उपाय, साथै कानुनी प्रावधानका विषयमा आधारीत रहेर प्रशिक्षण प्रदान गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा लेखनाथ महानगरपालिकाका उप(प्रमुख मञ्जु गुरुङले दिनहुंजसो भईरहेका महिला हिंसा सम्बन्धिका घटनाहरुप्रती खेद् प्रकट गर्दै यस्तो हुनु दुर्भाग्यपुर्ण भएको बताउनु भएको छ । साथै उहाँले महिलाहरु आफ्नो अधिकार र आत्मरक्षाप्रती सचेत रहे यस्ता घटनाहरुमा केही कमि आउनेमा विश्वास व्यक्त गर्नु भयो ।
त्यसैक्रममा कार्यक्रमका सभापती एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथका अध्यक्ष ज्ञानेन्द्र बज्गाईले यस्ता घटनाहरुमा कमी ल्याउन सवै सरोकारवाला निकायहरुको समन्वयकारी भुमिका आवश्यक पर्ने बताउनु भएको छ ।
नवलपरासी :
नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व ०गैंडाकोट नगरापालिका (२ नारायणी नदी पुलबाट हालसम्म नाम,थर ,वतन नखुलेको वर्ष अंन्दाजी २५र३० को पुरुष व्यक्ति नारायणी नदिमा हाम फाली बेपत्ता भएकोका छतन् ।
कास्की :
कास्की पोखरालेखनाथ महानगरपालीका वडा नं १९ लामाचौर फापर टहरो स्थितको भिर मुनिका झाडीमा पोखरा महानगरपालिका १९ लामाचौर बस्ने वर्ष १३ कि पुष्पा के।सी।को फेला परेको छ घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कास्की :
पोखरा लेखनाथ महानगरपालिका वडा नं।२६ सुन्दरीबजार स्थित पृथ्वीराजमार्गमा ग ५ प ५५३३ नं। को मोटरसाईकल र ग १ प ७२२९ नं। को मोटरसाईकल एक (आपसमा ठक्कर खाँदा दुबै मोटरसाईकल चालकहरु घाईते छन् । घाईते हुनेमा १० ग १ प ७२२९ नं।को मोटरसाईकल चालक पोखरा लेखनाथ महानगरपालिका वडा नं२७ रिठ्ठेपानी बस्ने वर्ष २४ को सरोज कुमाल, ग ५ प ५५३३ नं। को मोटरसाईकल चालक पोखरा लेखनाथ महानगरपलिका ३० गगनगौडा बस्ने वर्ष अन्दाजी १८ को सबिन थापा रहेको प्रहरीले जनाएको छ ।
मुस्ताङ :
घरपझोङ गाउँपालिका वडा नं ४ धवलागिरी बोर्डिङ स्कुलबाट एयरपोर्ट तर्फ जाँदै गरेको ग१त ५२८६ नं। को ट्याक्टरलाई सोही दिशा तर्फ जाँदै गरेको ग१४प ९९५४ नं को मोटरसाईकलले ओभरट्याक गर्ने क्रममा ट्याक्टरमा ठक्कर खाँन गई दुर्घटना हुँदा मोटरसाईकल चालक घरपझोङ गाउँपालिका।(३ पुथाङ बस्ने वर्ष २४ को अंकित शेरचन घाईते छन् प्रहरीले जनाएको छ।
Leave a Reply