
पोखरा ३० साउन
लमजुङ :
लमजुङको राईनस नगरपालिका ९ र १० को बिचमा कोत्रेनि स्थित सालघारी जंगलमा लमजुङको राईनास नगरपालिका १० घर भएको अन्दाजी वर्ष २५र२६ को प्रेम बि।क।को शव सडेको अवस्थामा फेला परेको छ घटनाको थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।
पर्वत :
पर्वतको फलेबास नगरपालिका १ कार्कीनेटा पारी चौर बस्ने वर्ष अन्दाजी ४५र५० को तुलराम घर्ती सोहि ठाउँ स्थित ठुलोझैरीया भिर बाट तल खसी मृत्यु भएको प्रहरीले जनाएको छ
तनहुँ :
तनहुँको ब्यास नगरपालिका (१२ ना ४ ख ५४९१ नं। को बस र ना ६ ख ३२९३ नं। को ट्रक ठोकीदा बस चालक सहित बसमा रहेका १६ जना मानिसहरु घाइते भएको गम्भिर घाईते ५ जनालाई लाई मणिपाल अस्पताल पोखरा पठाईएको चालक र दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको तथा घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
बागलुङ:
गएराती परेको अविरल बर्षाको कारण बागलुङ, निसीखोला ३ धुर्सौला बस्ने मान बहादुर शाहीको घर भत्किदा ६५ वर्ष कि धन कुमारी शाही उनकि बुहारी वर्ष ३५ कि डल्ली शाही मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ।
म्याग्दी :
गए राति देखि परेको अबिरल बर्षातको कारण म्याग्दी अन्नपुर्ण गाउँपालिका वडा न ४ नारच्याङ कोप्चेपानीमा कालिगण्डकी नजिकै ढुङगा माटोले बनेको,जस्ताको छानो भएको ३ कक्षा सम्म पढाई हुने ६ वटा कोठा भएको धवलागिरी आधारभुत बिधालयको भवनमा कालिगण्डकी नदीको पानिको बहाब बढी कटान गरी बिधालयको कार्यालय तथा कक्षाकोठा पुर्ण रुपमा बगाई लगेको प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्की जानकारी दिए
Leave a Reply