
पोखरा २३ साउन
आगामी २०७५ श्रावण २६ गते हुने टान पश्चिमाञ्चल क्षेत्रीय संघको पन्ध्रौ अधिवेशनको कार्य समीती सदस्यमा युवा पर्यटन व्यवसायी तिर्थ राज सुवेदीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । विगत १५ वर्ष देखि पर्यटन क्षेत्रमा आवद्ध सुवेदीले सन् 2015 देखि एड्भेन्चर नेशन ट्रेक्स प्रा.ली. संचालन गरी पर्यटन क्षेत्रमा युवाहरुलाइ रोजगार दिदै आइरहेका छन् ।
टानको विकास र विस्तारका लागि यस्ता छन् सुवेदीका योजनाहरु ।
१. प्रदेश सरकारले पदयात्रा क्षेत्रमा पर्यटकलाई जथाभावी शुल्क लगाउने अभ्यास गरेको छ समय सापेक्ष सरकारवालासँगको परामर्श र थप गृहकार्य गरी पदयात्राका पर्यटकलाई मर्यादित, सुरक्षित र व्यावसायीक पर्यटन मैत्री वनाइ एकद्धार कर प्रणाली लागु गर्न जोडदार पहल गर्ने ।
२. पदयात्रामा व्यावसायी र मजदुरप्रतिको दुरी नजिक वनाई मजदुरमा देखिएका समरुयाहरुलाई कसरी समाधान गर्न सकिन्छ तेसको खोजी गर्ने ।
३. पदयात्राकै रुटमा मोटरबाटोहरु खोलिएका कारण पदयात्राहरु छोटा भएका छन् र कुनै हराएका छन् तिनका विकल्पमा नयाँ पत्रमार्गहरु खोजी गर्ने ।
४. नयाँ पदमार्ग पहिचान गर्ने र भएका पदमार्गको संरक्षण गर्ने ।
५. पदयात्राका क्रममा अनिवार्य तालिम प्राप्त गाइडको प्रयोग गर्ने ।
यि प्रतिबद्धताका साथ नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा थप्ने र पर्यटन क्षेत्रमा देखिएका ब्यबसायीहरूको समस्यालाई ध्यानमा राख्दै टानको छवी ऊच्च राख्नको लागि आफुले जस्तो सुकै सहयोग को लागी पछि नपर्ने र पर्यटन क्षेत्रका यस्ता समस्याहरुको समाधानका लागी आफुले उम्मेदवारी दिएको सुवेदी वताए।
Leave a Reply