
असार २२ पोखरा : युवायुवतीहरु लागू औषधको कुलतमा फसेर घरपरिवार, समाज र देशलाई नै समस्या बन्दै गईरहेको बर्तमान अबस्थालाई हृदयङगम गरी कास्की प्रहरीले संचालन गरेको “लागू औषध निष्तेज अभियान -२०७५” कार्यक्रम अन्तर्गत पोखरा – ९ पृथ्वीचोकबाट ४ सय ६५ सेट लागू औषध सहित एक ब्यक्ती पक्राउ परेका छन् ।
पृथ्वीचोकमा संकास्पद रुपमा हिडिरहेको अवस्थामा कास्कीको मादी गाउँपालिका -१२ का २५ का विकास न्यौपाने १सय ५५ पिस व्रुप्रिनर्फिन, १सय ५५ पिस डाइजोपाम र १सय ५५ पिस फेनार्गन गरी जम्मा ४ सय ६५ सेट लागू औषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहिवार राती ८ बजेको समयमा न्यौपानेलाई पक्राउ गरेको हो ।
कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए ।
Leave a Reply