
असार १८ पोखरा : कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका लगायतका बिभिन्न क्षेत्रहरुमा संचालित भाडाका ट्याक्सीहरुले पटक पटक भएका निर्णयहरुको बेवास्ता गर्दै मनोमानी रुपमा सर्बसाधारणहरुसंग बढी भाडामा लिई मिटरमा जान नमानि बार्गेनिङ गरेको जनगुनासो आईरहेको बेला २२ वटा भाडामा गुड्ने ट्याक्सीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए ।
अनुगमनको क्रममा मिटरमा नचलाएको भेटिएमा कानुन बमोजिम कार्बाही गरिनुका साथै मिटरमा जान नमान्ने र वार्गेनिङ गरी जवरजस्ती गरेमा प्रहरी कण्ट्रोल रुम १००,९८५६०३९५९९,कार्यालय प्रमुखको ९८५६००५५५५ र ट्राफिक प्रहरी कण्ट्रोल रुमको नं १०३ मा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।
Leave a Reply