
असार १६ पोखरा: नेपाल वायु सेवा निगमले किनको ए ३३० विमान बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ‘अन्नपूर्ण’ नाम दिइएको सो विमानले ‘नाइन एन एएलवाई’ कलसाइन पाएको छ ।
यो जहाज उडाउने पाइलट र कोपाइलटको व्यवस्था नभइसकेकाले एक महिनाभन्दा बढी त्यत्तिकै थन्किने छ । एउटा वाइडबडी जहाज चलाउन ८ जना पाइलट र ८ जना कोपाइलट चाहिन्छ । वायु सेवा निगमले थप अर्को वाइडबडी जहाज पनि एक महिनाभित्रै नेपाल ल्याउने जनाएको छ । दुवै वाइडबडी जहाज चलाउन १६ जना पाइलट चाहिन्छ तर हाल चार जना पाइलटको मात्र टुंगो लागेको छ ।
पहिलो वाइडबडी जहाज अन्नपूर्णका लागि वरिष्ठ क्याप्टेन श्रवण रिजाल र एमएम डंगोलको मात्र टुंगो लागेको कंशाकारले जानकारी दिए । थप पाइलट भने विदेशबाट ल्याइने उनले बताए ।
‘विदेशबाट पाइलट ल्याउने अन्तर्राष्ट्रिय चलन छ । हामी पनि त्यही गर्छौं, उनले भने ।
यसअघि चीनबाट किनिएका साना जहाज उडाउन पनि पाइलट अभाव भएको थियो । पाइलट नहुँदा ति जहाज लामो समय थन्किए ।
सरकारले चीनबाट ल्याएका एम–६० र चारवटा वाई–१२ जहाज ल्याएको थियो । ति जहाजका लागि चीनबाट ल्याइएका पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडाउन अनुमति नदिएपछि समस्या भएको थियो ।
पूर्वक्याप्टेन वाईके भट्टराईका अनुसार जहाज खरिद गर्नुअघि नै पाइलट, कोपाइलट लगायतको विषयमा विचार पुर्याउनुपर्छ । तर नेपाल वायुसेवा निगमले त्यसतर्फ ध्यान नदिँदा लामो समयसम्म जहाज थन्काउनुपर्ने समस्या आउने गरेको छ ।
Leave a Reply