
पोखरा १३ असार
जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
आफ्नो कार्यकालका १२ वुँदै प्रमुख कार्ययोजना अन्तर्गत फरार अपराधी पक्राउ कार्यलाई प्रमुख प्राथामिकतामा राखी २०७५।०१।३० गतेबाट आफ्नो कार्यभार सम्हाल्ने क्रममा यस कार्यालयका प्रमुख प्र.उ ओम बहादुर रानाबाट फरार अभियुक्त खोजतलास कार्यलाई तिव्रता दिदै हाल सम्म ४३ जना अभियुक्तहरुलाई पक्राउ गरिएको छ ।
पक्राउमा परेका अभियुक्तहरु कर्तव्य ज्यान, लुटपिट, चेक अनादर, चोरी, लागुऔषध, लिखित गाली वेईजती, सरकारी छाप किर्ते, जालसाजी, केही सार्वजानिक अपराध लगायतका मुद्धामा संलग्न रही कास्की अदालतबाट न्यूनतम २ दिन देखी अधिकतम २० वर्ष सम्म कैद सजाय र रु. ५००।– देखी ५,६६,२५०।– रुपैया जरिवाना तोकिएका रहेका छन् ।
पक्राउ अभियुक्तहरुलाई सम्मानित अदालत समक्ष पेश गरिएकोमा ३ जना कास्की अदालतको आदेशले रिहा भएका छन् भने ३७ जना कारागार चलान भएका छन् । कास्की प्रहरी प्रवक्ता प्र ना उ रविन्द्रमान गुरुङले जानकारी दिए ।
Leave a Reply