
रोहीत वस्नेत
२ असार, पोखरा प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पर्यटन पूर्वाधारको विकास र विस्तार गरी पर्यटन क्षेत्रको एकीकृत विकास गर्न स्पष्ट कार्ययोजना र लागत सहितको पर्यटन गुरुयोजना तयार गरीएको सन २०२२मा पर्यटन भ्रमणवर्ष मनाउने नेपालमा २० लाख पर्यटकको वसाइ लम्बाउनलाई सडकको विस्तार, होटलको अवस्थालाई अनुगमन आदी कुरामा विशेष ध्यान पुराउने कुरा बताएका छन् ।
संसदीय पत्रकार मञ्च प्रदेश ४ ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अर्थ मन्त्री गुरुङले कार्यान्वयन हुने गरी सानो आकारको बजेट ल्याएको तर एक बर्ष भित्रमा प्रदेश सरकारले नियम र कानुन योजनाको डिपिआर तयार गर्दा बढी खर्च हुने हुँदा पनि कार्यान्वयनमा चुनौती रहेकोले सानो आकारको बजेट ल्याएको उल्लेख गर्दै बजेटमा चालू तर्फ रु. ६६ अर्व ९१ करोड ५५ लाख (२९ प्रतिशत) र पूँजीगततर्फ १५ अर्व ९० करोड ७८ लाख (६६ प्रतिशत) भएको र वित्तीय हस्तान्तरणमा १ अर्व २० करोड रुपैयाँ समानीकरण, समपुरक अनुदानमा खर्च हुने बताएका छन् ।
Leave a Reply