
रोहीत वस्नेत
पोखरा, २८ चैत ः पर्यटन, संस्कृति र खाना आफ्नो मौलिक संस्कृतिको रक्षा, फेवा तालको संरक्षण गरौं भन्ने मूल नाराका साथ पोखराको (केदारेश्वर) कोमागाने पार्कमा फेवा महोत्सव २०७५ आजबाट सुरु भएको छ । फेवा महोत्सवको प्रमुख अतिथि समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले महोत्सवको उद्घाटन गरे ।
लेकसाइडको खहरेचोकबाट झाँकी सहितको सांस्कृतिक रेली करिव तीन किलोमिटर केदारेश्वर कोमागाने पार्कमा पुगेर उद्घाटनमा परिणत भएको थियो । महोत्सवको उद्घाटन गर्दै मन्त्री अधिकारीले पोखरा र वरपरको क्षेत्रमा दर्जनौं होमस्टे विकास गर्ने र लगभग एकसय वटा पर्यटकिय गन्तव्यको खोजी गर्ने सरकारको लक्ष्य रहेको जनकारी दिए ।
महोत्सवमा प्रदेश ४ का पर्यटन मन्त्री विकास लम्साल, प्रदेश ४ का सभासद कृष्ण थापा, सभासद राजिव पहारी, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी विभिन्न पर्यटन सँग सम्बन्धित संघ संस्थाका पदाधिकारीहरु, होटल संघका पूर्व अध्यक्षहरु लगायत विशिष्ठ व्यत्तिहरु उपस्थित थिए भने यता सुरक्षा निकायका प्रमुखहरु उपस्थिति नभएको देखीयो । महोत्सव आगामी २०७५ बैशाख २ गते सम्म चल्ने छ ।
Leave a Reply